1588
Shares
लिस्बन। लिस्बनको निलो मेट्रो लाइनमा छत खस्दा ४ जना घाइते भएका छन् ।
मेट्रो लाइनमै छत खस्दा यात्रुहरुले भागाभाग गरेका थिए। छत खसेपछि निलो लाइन अवरुद्ध भएको थियो। सो घटना प्रासा दे स्पान्ह्या र साउ सबास्सियो स्टेशनको बिचमा भएको हो ।
छत खस्दा ४ जना घाइते भएतापनि कोही पनि हताहत नभएको पिएसपी प्रहरीले जनाएको छ। मेट्रो सुरुङ्गको छत कसरी र किन खस्यो भन्ने बारेमा अधिकारीहरु अनुसन्धान गरिरहेका जनाईएको छ। घटनामा घाइते भएका ४ जनामध्ये दुइ जनालाई सामान्य चोट लागेकोले घटनास्थलमै उपचार गरिएको र अन्य २ जनालाई उपचारका लागि इनेम एम्बुलेन्समा अस्पताल लागिएको छ ।
घटना आज सोमबार दिउसो २:३० बजेको हो। अहिले निलो मेट्रो अवरुद्ध भएतापनि अहिले सान्ता अपोलोनिया देखि मार्केस पोम्बाल र रिबोलेइरा देखि लारेञ्जेइरससम्म मात्रै संचालन भईरहेको छ।