२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

विधानसम्मत महाधिवेशन गर्न माग गर्दै देउवालाई पौडेल समूहको ज्ञापनपत्र

1852 Shares
Spread the love

काठमाडौँ- पार्टीको महाविधेशन विधानसम्मत गर्न माग गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् ।

सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता पौडेलसहितका र केही पदाधिकारी र केन्द्रीय सदस्यहसहित २७ जनाले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ विरोध पत्र दर्ता गरेका हुन् ।वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगाएतका नेताहरुले विरोधपत्र दर्ता गरेका हुन् ।

विरोधपत्रमा आगामी १९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमार्फत् आफूहरूका माग समाधान नभए संघर्षका कार्यक्रम गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

पार्टीको विभागदेखि भातृ संस्थाका म्याद थप गर्नु गल्ती भएको औल्याउँदै सबै विभाग र म्याद थपिएका सबै भातृ संगठनको खारेजी गर्न माग समेत गरेका छन् । महाविधेशनको मुखैमा विभागहरु गठन गरेर महाविधेशन प्रभावित पार्न खोजेको आरोप उनीहरुको छ ।

प्रतिक्रिया