२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा. केसीको भिडियो सन्देश : साधारण माग हुन् पूरा गरिदिनुहोस्

1978 Shares
Spread the love

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं पटक अनशनमा बसेका अभियन्ता डाक्टर गोविन्द केसीले अनशनको १२ औं दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको बेडबाट भिडियो सन्देश जारी गर्दै सबै माग पूरा नभएसम्म अनशन नतोड्ने भएका छन्। उनले आफूले राखेका मागहरु सामान्य रहेको भन्दै ती माग पूरा हुनुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आफू ५ पटक अनशन बसेको भन्दै उनको पालामा कुनै सुधार नभएको दावी गरेका छन्। उनले स्वास्थ्य ऐन पारित गर्दा जबरजस्ती गरिएकोसमेत बताए। उनले माफिया, डनलाई सरकारले संरक्षण दिएको भन्दै त्यो जनताप्रतिको धोका भएको बताए। उनले भने, ‘प्रधानमन्त्री ओलीजी यी तपाईँले गर्नुपर्ने काम हुन्, गर्नुहोस्, माग पूरा नभए आमी अभियन्ता हौं, अभियान जारी रहन्छ।’

डा. केसीले सबै प्रदेशमा कम्तिमा ३ ३ वटा मेडिकल कलेज सञ्चालन हुनुपर्ने भन्दै स्थापना भइसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि सञ्चालन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्री ओलीको दम्भका कारण मेडिकल कलेजहरु सञ्चालन हुन नसकेको बताए ।

प्रतिक्रिया