२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

फागुनमा महाधिवेशन हुँदैन : गगन थापा

21427 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी रहिरहे फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने प्रष्ट गर्नुभएको छ ।

कांग्रेस पाठशालाले गरेको भर्चुअल संवादमा नेता थापाले फागुनमा महाधिवेशन हुने सम्भावना देख्दिनँ भन्दै विकल्प खोजिनुपर्ने बताउनुभयो ।

थापाको भनाइ थियो, ‘कोरोना संक्रमण कसरी अगाडि बढ्छ थाहा छैन । कम्तिमा एक वर्ष अझै नर्मल अवस्था नआउला भन्ने अनुमान गरौं । पार्टीमा वडादेखि केन्द्रसम्म आठ चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ । भीडभाड नहुने गरी निर्वाचन गर्ने विकल्प अगाडि सार्नुपर्छ ।’

मानिस भेला भएर वडाकै अधिवेशन गर्न सक्ने अवस्था नभएको भन्दै थापाले क्रियाशील सदस्य एकै ठाउँमा भेला नगरी विकेन्द्रित रुपमा अधिवेशन गर्न सकिने सुझाव दिनुभयो ।

थापाको सुझाव छ, ‘वडा, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका लागि सम्बन्धित क्षेत्रमै अधिवेशन गरौं । घरछेउकै बुथमा भोट हालेर नेतृत्व चयन गर्न सकिन्छ ।’

अर्का नेता रमेश लेखकले फागुनमा महाधिवेशन सम्भव नरहेको भन्दै दश लाख क्रियाशील सदस्य छानबिन गरेर पठाउन समय लाग्ने उल्लेख गर्नुभयो ।

लेखकले पनि निर्वाचनलाई विकेन्द्रित गर्दै १६५ प्रतिनिधि सभा क्षेत्र र ३३० प्रदेश सभा क्षेत्रमा अधिवेशन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया