२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीको अनिच्छाले संवैधानिक निकायमा नियुक्ति हुनसकेन : कांग्रेस

1262 Shares
Spread the love

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण रिक्त संवैधानिक निकायहरुमा नियुक्ति हुन नसकेको आरोप लगाएको छ ।

प्रधानमन्त्री ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशीलता बढाएको आरोप कांग्रेसको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले टिप्पणी गर्नुभयो ।

प्रतिपक्ष दलले ‘बार्गेनिङ’ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला कांग्रेस प्रवक्ता शर्माले प्रदेशहरुकोसमेत नामाकरण गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षका कारण पदपूर्ति गर्न नसकिएको भनेर प्रचार गर्न नहुने बताउनुभयो ।

१३ ओटा संवैधानिक आयोगमध्ये अहिले १० ओटा आयोगमा ३९ पद रिक्त छन् ।

प्रतिक्रिया