२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस

845 Shares
Spread the love

काठमाडौं। सरकारले राष्ट्रिपतिबाट मनोनित हुने रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।

यसअघि सत्तारुढ दल नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिसका लागि सरकारलाई सुझाव दिएको थियो। राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सांसद डा. युवराज खतिवडाको चिठ्ठाबाट तय गरिएको दुई वर्षे कार्यकाल गएको फागुन २० मा सकिएको थियो। त्यसयता सो पद रिक्त थियो। गौतमलाई अब राष्ट्रपतिले मनोनयन गरेपछि उनको कार्यकाल ६ वर्षको हुनेछ।

प्रतिक्रिया