२०८३, ८ कार्तिक शनिबार
×

पोर्चुगलमा कोरोनाका नयाँ संक्रमितमा रेकर्ड ब्रेक : अप्रिल २० यता आज सबैभन्दा बढी संक्रमित फेला 

2687 Shares

लिस्बन । पोर्चुगलमा अप्रिल २० तारिख यता पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।

पछील्लो २४ घण्टामा ६४६ जना संक्रमित भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा महामारी शुरु भएयता कोरोना कै कारण १८४९ जनाले ज्यान गुमाएका छन् भने ६१ हजार ५४१ जना संक्रमित भएका छन् ।

पछील्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा २ जना लिस्बनमा र एक जना उत्तरी क्षेत्रमा रहेका छन् । पछिल्लो केही दिनदेखि पोर्चुगलमा संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भईरहेको छ। कोरोना नियन्त्रणमा पोर्चुगल सरकारले सेप्टेम्बर १५ तारिखबाट नयाँ नियम लागु गर्ने बताएको छ , यद्यपी नियममा के के परिवर्तन हुने भन्ने बारे खुलाएको छैन।

प्रतिक्रिया