२०८३, ८ कार्तिक शनिबार
×

नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको शव फेला परेको प्रहरीको अनुमान

35808 Shares

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव फेला परेको प्रहरीले अनुमान गरेको छ । बीबीसीका अनुसार गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले एक शव एलिस होल्ट जंगलमा फेला पारेको हो ।

प्रहरीले निधनलाई शंकास्पद मानेको छैन् । उक्त शवको सनाखत भइसकेको छैन् तर प्रहरीले पूर्व राजदूत परिवारलाई अवगत गराइसकेको छ ।

बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए । मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो । उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया