२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

काँग्रेसद्वारा बाढीपहिरोमा परेकाको उद्धार र राहतका लागि ४५ लाख सहयोग

1150 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाढी पहिराका कारण पछिल्ला दिनमा भएको क्षतिमा उद्धार र राहतको जिल्लास्तरीय अभियानलाई बल पुर्याउन विभिन्न ३० जिल्लामा रु ४५ लाख आर्थिक सहयोग गरेको छ।

रू ४५ लाख ‘स्नेहको सानो सहयोग’ का रुपमा रु एक लाख ५० हजारका दरले पहिलो चरणमा ३० जिल्लामा काँग्रेस जिल्ला कार्यसमितिका नाममा उक्त सहयोग पठाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पहिलो चरणमा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीका लागि उक्त सहयोग सोमबार पठाइएको हो ।

काँग्रेसले हरेक मानवीय पिडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा कार्य गर्दै आएको जनाउँदै उद्धार र राहतको अभियानमा संलग्न विभिन्न तहका नेता कार्यकर्ताको उच्च सहाना र मानवीय कर्ममा थप क्रियाशिलताका लागि आग्रह गरेको छ । साथै कोरोना भाइरस सङ्क्रमणको कहरसँगै बाढी पहिरोले जनधनको क्षति गरेर थपिएको पीडामा मानवीय कर्तव्य निर्वाह गर्न सबैलाई आआफ्नो ठाउँबाट जुट्न आह्वान गरिएको छ ।

प्रतिक्रिया