बाँस्कोटाले ठूलो पार्टीमा कहिलेकाहीँ समस्या देखिने स्वीकार्दै वर्तमान समस्या केही दिनमै हल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘नेकपा पार्टीलाई कसैले दुर्घटनातर्फ लैजान सक्दैन, दुर्घटनामा जान कार्यकर्ताले कुनै पनि हालतमा अनुमति दिँदैनन् ।’
नेकपाको वर्तमान सरकारमा युगिन अभिभारा भएको दाबी गर्दै उनले कसैलाई पनि विचलित नहुन आग्रह गरे।
नेता बाँस्कोटाले यसअघिका सरकारले लिपुलेक र लिम्पियाधुराका विषयमा कुनै पनि विषय नउठाएको उल्लेख गर्दै नेकपाको सरकारले वास्तविक नक्सा जारी गरी भूमि फिर्ता ल्याउन भारत सरकारसँग वार्ता गर्ने विश्वास व्यक्त गरे ।
‘भारतसँग वार्ता शुरु भएको छ, हामी ढुक्क छौँ, राजनीतिक तवरले भूमि फिर्ता हुनेतर्फ सबै विश्वस्त बन्नुपर्छ’, उनले भने । अबको विकासले जनताको जीवनमा सकारात्मक प्रभाव हुनुपर्ने उनले बताए ।
