२०८३, ८ कार्तिक शनिबार
×

बेलायतले कोरोना बिरुद्धको भ्याक्सिन निर्माणमा पायाे सफलता !

34285 Shares

एजेन्सी, ३० साउन । रसियाले कोरोना भाइरसबिरुद्धको औषधि निर्माणमा सफलता पाएको चर्चाकाबीच बेलायले पनि कोरोना बिरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ । बेलायतको फार्मास्यूटिकल कम्पनी फाइजरले कोरोना भाइरसबिरुद्धको औषधि निर्माका प्रारम्भिक चरणमा सफलता प्राप्त गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका अनुसार औषधिको क्लिनिकल परीक्षणको सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार भइसकेको छ ।

यो सफताको साथसाथै बेलायत सरकारले फार्मास्यूटिकल कम्पनी फाइजरलाई खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको बताइएको छ ।

यसको परीक्षण अमेरिकाका ३ भन्दा बढि बिश्वबिद्यालयहरु मार्फत मानव परीक्षण गरिएको थियो । परीक्षणपछि ती ब्यक्तिहरुमा कुनै ठूला नकारात्मक प्रभाव नदेखिएको र रोग प्रतिरोधात्मक शक्तिपनि वृद्धि भएको बताइएको छ ।

प्रतिक्रिया