२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

जसपाको निर्णयप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति (विज्ञप्तिसहित)

1373 Shares
Spread the love

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को निर्णय प्रति प्रधानमन्त्री सतिवालयले आपत्ति जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै जसपाले गरेको निर्णयमा प्रधानमन्त्रीप्रति अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको छ ।सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ।’

‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ रु सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला।’

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन्, विज्ञप्तिमा भनिएको छ।

जसपाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शारिरिक र मानसिक दृष्टिकोणले अत्यन्तै कमजोर रहेको भनि टिप्पणी गरिएको छ।

प्रतिक्रिया