२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना भाइरसको संक्रमण

4719 Shares
Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पछिल्लो २४ घन्टामा ४४ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ३६ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

गौतमले विभिन्न जिल्लामा थपिएका ३ सय ३८ जनासहित देशभर संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको बताए ।

अहिलेसम्म १६ हजार ४ सय ९३ जना उपचारपछि घर फर्किएका छन् भने ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया