२०८३, ८ कार्तिक शनिबार
×

भारतमा राम मन्दिरको शिलान्यास भएकोमा पाकिस्तानको आपत्ति

3516 Shares

काठमाडौं (एजेन्सी)। भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माणका लागि शिल्यान भएपछि प्रतिक्रिया दिँदै पाकिस्तानले कडा आपत्ति जनाएको छ।

पाकिस्तानी विदेश मन्त्रालयले स्टेटमेन्ट जारी गर्दै ५ सय वर्षदेखि बाबरी मस्जिद रहेको स्थानमा रामको मन्दिर निर्माण गरिनु भारतीय लोकतन्त्रमा एक दाग भनेको छ। उसले भारतमा धार्मिक अलपसंख्यकमाथि खास िमुस्लिममाथि अत्याचार भएकोसमेत बताएको छ। उसले भारतमा मुस्लिम समूदायका मस्जिदहरुमा भाजपा नेतृत्वको सरकारले हानी नोक्सानी गरेकोसमेत आरोप लगाएको छ।

पाकिस्तानले भारतीय सर्वोच्च अदालतले मस्जिद रहेको स्थानमा मन्दिर बनाउन दिएको आदेशले भारत धर्म निरपेक्ष रहेको देखाउने मुकुण्डो हटेको बताएको छ।
१९९२ मा अयोध्यामा रहेको बाबरी मििस्जद भत्काइएको थियो। त्यसपछि अदालतमा लामो समय चलेको मुद्दामा गत वर्ष भारतीय सर्वोच्च अदालतले फैसला गर्दै सो स्थानमा राम मन्दिर निर्माण गर्न भनेको थियो।

बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो मन्दिर निर्माणको शिलान्यस गरेका छन्।

प्रतिक्रिया