२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

राष्ट्रियसभाका चारवटै समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

725 Shares
Spread the love

काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभाका चारै समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले सोमबार सूचना प्रकाशित गरी राष्ट्रियसभा अन्र्तगतका चारवटै समितिका सभापति चयनको लागि साउन २३ गते शुक्रबार निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सचिवालयले प्रकाशित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार दिउँसो १ बजे सम्बन्धित समितिहरुमा निर्वाचन हुनेछ । राष्ट्रियसभाको नियमावलीमा समितिका सभापति र सदस्यहरुको पदावधि २ वर्षमा सकिने व्यवस्था अनुसार सभापति चयनको नयाँ प्रक्रिया सुरु गरिएको हो ।

नियमावलीमा समितिको कार्यविधि समाप्त भएसंगै सांसदहरुलाई विभिन्न समितिमा छुट्याइएको जिम्मेवारी पनि सकिएको छ । नियमावली अनुसार सांसदहरुको जिम्मेवारी सकिएसंगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुनःसांसदहरुलाई विभिन्न चारवटा समितिमा विभाजन गरी मनोनयन गरिसक्नुभएको छ । उहाँले संसद अधिवेशन चालु नरहेको अवस्थामा समितिको गठन आदेशमार्फत समितिमा सदस्यहरु मनोनयन गर्नुभएको हो ।

राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति गरी चारवटा संसदीय समिति छन् । यसअघि चार समितिमध्ये ३ समितिका सभापति सत्तारुढ दल नेकपाका थिए भने एउटा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको थियो ।

प्रतिक्रिया