2046
Shares
काठमाडाैं – बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ। बंगलादेश स्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा नेपाललाई अग्रता दिलाउने क्रममा पहिलो हाफको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरे। सुनिल बलले कर्नर मार्फत प्रहार गरेको बललाई अनन्तले डिबक्सभित्रबाट हेड मार्फत उत्कृष्ट गोल गरेका हुन्। यस्तै नेपालकालागि ७१ औं मिनेटमा सुनिल बल, ७९ औं मिनेटमा भरत खवास र निर्धारित खेल सकिन २ मिनेट अघि निराजन खड्काले गोल गरेका हुन् । नेपालका विमल घर्तीमगरले ७० अाैं मिनेटमा पेनाल्टी मिस गरेका थिए।
आजको जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । जितसँँगै नेपालको सेमिफाइनल सम्भावना कायमै रहेको छ।