२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

पौडलेको विरोधका बावजुद देउवाद्वरा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन

9116 Shares
Spread the love

काठमाडौं। नेपाली काँग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ। जसमा कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी छन्। सभापति शेरबहादुर देउवाले बुधबार उनीहरुलाई मनोनयन गरेका हुन्।

बुधबार मनोनयन गरिएको ४७९ सदस्यीय समितिमा रहेका एक्जनाको भने बुधबारै मृत्यु भएको छ। दैलेखबका बमबहादुर भण्डारीको समितिमा मनोनयन भएको सूचना सार्वजनिक हुनुभन्दा अगाडि नै बुधबार बिहानै निधन भएको हो।

पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ। सो प्रावधानअनुसार काँग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ।

यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमको व्यवस्था छ। यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ। तर, सभापति देउवाले पार्टी महाधिवेशनमा होमिसकेको बेला यस्ता मनोनयन गरेर महाधिवेशनमा कब्जा गर्ने रणनीति लिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आरोप छ। पौडेल समूहले बुधबार नै भेला गरेर सभापति देउवाले गरेको मनोनयनको विरोध गरेको छ।

प्रतिक्रिया