२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नयाँ नक्सामा प्रचण्डले जस लिन खोजेकोमा पोखरेलको आपत्ति

1668 Shares
Spread the love

काठमाडौँ – लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशनमा कसले जस लिने भन्ने होडबाजीकाबीच शीर्ष नेताहरूबीच नै आरोप प्रत्यारोप चर्केको छ।

नयाँ नक्सा प्रकाशनको जस लिने विषयमा होडबाजी चलेपछि नेताहरुबीच आरोप प्रत्यारोप चलेको हो। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर, अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेकोमा आपत्ति जनाएकामा स्थायी कमिटी सदस्य शंकर पोखरेलले आपत्ति जनाएका छन् ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आफूले नक्सा प्रकाशन गरेको हो भन्न नमिल्ने भन्दै फेसबुकमा कटाक्ष गरेका छन् ।

पोखरेलले फेसबुकमा लेखेका छन् ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’

यसअघि नेकपाका उपाध्यक्ष बामदेव गौतमले पनि सचिवायल बैठकमा नयाँ नक्सा प्रकाशनको निर्णय आफ्नो दबाबमा आएको बताएका थिए ।

प्रतिक्रिया