918
Shares
काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप नबन्ने जनाएको छ।
संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ अघि खोप बन्न नसक्ने बताएका हुन् । खोप निर्माण नभइन्जेल भौतिक दूरी, सरसफाइ, मास्कको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरूरी रहेको उनको भनाइ छ ।