२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेपाली काँग्रेसका युवा नेता गगन थापाको आज जन्मदिन

31465 Shares
Spread the love

काठमाडौं – नेपाली काँग्रेसका युवा नेता गगन थापाको आज जन्मदिन  परेको छ । २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा जन्मिएका नेता थापाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछन् ।

गगनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्।

बाल्यकाल केहीसमय सिन्धुपाल्चोकमा बिताएका उनले २०४६ सालको जनआन्दोलनमा सक्रिय भएयता लगातार चर्चामा रहे।

उनले २ पटक सांसद, एक पटक स्वास्थ्यमन्त्री भएर सरकारमा समेत सहभागीता जनाए । उनले काग्रेसका नेता अर्जुन नरसिंह केसीकी छोरी डा।अञ्जना केसी सँग २०६५ वैशाखमा विवाह गरेका हुन् । उनका २ छोरीहरु छन् ।

प्रतिक्रिया