२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

हिटलरसँग तुलना गर्दै बाबुराम भट्टराईले यसो भने प्रधानमन्त्री ओलीलाई

1650 Shares
Spread the love

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना गरेका छन्।

शनिबार बिहान ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप लगाएका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा नेता भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए।

चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?’ उनले नेकपालाई अलमल नगरी केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाउन आग्रहसमेत गरेका छन्।

‘संसदबाटै संकटमोचन किन हुन्न? ओली हटाऔं, देश बचाऔं,’ भट्टराईले लेखेका छन्।

प्रतिक्रिया