२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नयाँ आर्थिक वर्षमा कर तिर्ने पहिलो करदातालाई सम्मान

2018 Shares
Spread the love

काठमाडौँ, गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नयाँ  आव २०७७/७८ का  पहिलो करदातालाई सम्मान गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाको नगर कार्यपालिकाले नयाँ आर्थिक वर्षमा पहिलो दिन पहिलो पटक कर तिर्ने करदातालाई सम्मान गर्ने निर्णय गरे अनुसार सम्पत्ति कर तिर्न आएका व्यक्तिलाई सम्मान गरिएको वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठले बताएका छन। करदातालाई प्रोत्साहन गर्ने र कर तिर्ने वातावरण बनाउने उदेश्य अनुरुप  नगर कार्यपालिकाले गरेको निर्णय अनुसार सबै वडाका पहिलो करदातालाई सम्मान गरिएको थियो।

त्यस्तै  गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिक (साउन ,भाद्र ,असोज र कार्तिक ) महिनामा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने निर्णय गरिएको जानकारी दिदै वडा सदस्य श्रेष्ठले वर्ष भरि नै सम्पत्ति करमा १० प्रतिसत छुट दिने निर्णय भएको बताएका छन।आर्थिक वर्ष २०७७/७८ मा वडा नं  ८ मा सम्पत्ति कर तिर्न आएका सेवाग्राहीलाई वडा अध्यक्ष  अध्यक्ष मनोज कुमार ढुंगानाले  खादा लगाएर सम्मान गरेका थिए भने कार्यक्रममा वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, नन्दलाल श्रेष्ठ सहित वडाका कर्मचारीहरुको पनि  सहभागिता रहेको थियो।

प्रतिक्रिया