२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सांसदबाट हटाइएपछि सरिता गिरीले गुहारिन् निर्वाचन आयोग, दिइन् लिखित उजुरी

1187 Shares
Spread the love

काठमाडौं । जनता समाजवादी पार्टीले साधारण सदस्य र सांसद दुवैबाट निष्कासन गरेपछि सरिता गिरी निर्वाचन आयोग पुगेकी छन् । उनले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर जसपाको निर्णयले आफूलाई अन्याय भएको भन्दै लिखित उजुरी दिएकी छन् ।

नयाँ नक्सा प्रकरणमा जसपाले पार्टीको निर्णय नमानेको भन्दै गिरीलाई सुरुमा अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेर पछि कारबाही गरेको थियो । जसपाले गिरीलाई सांसद पदबाट हटाउने निर्णय संसद्लाई जानकारी गराएको छ । जसपाले बुधबार नै सांसदबाट हटाएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ ।

निर्वाचन आयोगले बुधबार जनता समाजवादी पार्टीलाई अधिकारिकता दिने निर्णय गरेको थियो । आयोगले जसपा नेपाललार्इ दल दर्ताको प्रमाण पत्र आयोगले आज दिने भएको छ ।

प्रतिक्रिया