ढाका । साफ सुजुकी कप फुटबल आजबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ। ढाकास्थित बंगबन्धु स्टेडियममा नेपाली समायानुसार पौने चारबजे नेपालले पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपालले अन्तराष्ट्रिय फुटबलमा पदक जित्ने सम्भावना बोकेको साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालको यात्रा सेमिफाइनलसम्ममा मात्रै सीमित रहेको छ। यसपटक भने विगतको प्रदर्शनलाई पछि पार्ने लक्ष्य रहेको नेपाली टोलीका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्।
‘हामी उपाधिका लागि आएका हौ,’ नेपाली टोलीका प्रशिक्षक महर्जनले खेलअघि डिसि नेपालसँग कुरा गर्दै भने, ‘सुरुमा हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्नु हुनेछ। त्यसपछि हामी उपाधिका लागि लड्नेछौ।’
पाकिस्तानसँग हेड टू हेडमा नेपाल झिनो अन्तरले अघि छ। साफमा मात्रै पाकिस्तानसँग भएका ६ खेलमा नेपालले २ जित हात पारेको छ भने एकको नतिजा सुम्पिएको छ। तीन खेल ३ बराबरीमा टुंग्गिएका छन्।
अन्तिम पटक नेपालले पाकिस्तानविरुद्धसन् २०१३ मा दशरथ रंगशलामा खेलेको थियो। १–१ को बराबरीमा रोकिएको उक्त खेलमा डेब्यु खेलाडी नेपाली युवा खेलाडी बिमल घर्ति मगरले सनसनीपूर्ण गोल गर्दै नायक बनेका थिए।
साफ साफमा आज नै अर्को खेलमा आयोजक बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन्।
नेपाल भर्सेस पाकिस्तान (हेड टु हेड )
सन् १९९३ जुलाई १६ : १–१ को बराबरी
सन् १९९५ मार्च २९ : नेपाल २–० ले नेपाल र पाकिस्तानद्वारा विजयी
सन् १९९७ सेप्टेम्बर ४ : नेपाल २–० ले पराजित
सन् २००८ जुन ७ : नेपाल ४ – १ ले विजयी
सन् २०११ डिसेम्बर ६ : नेपाल र पाकिस्तानद्वारा १–१ को बराबरी
सन् २०१३ सेप्टेम्बर ३ : नेपाल र पाकिस्तानद्वारा १–१ को बराबरी