२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

बन्दाबन्दी अवधिभर काँग्रेसका गण्डकी प्रदेशसभा सदस्यले यातायात खर्च नलिने

1663 Shares
Spread the love

पोखरा । नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन्।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७४ को दफा ७ को उपदफा ५ र अनुसूची १ ले सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई प्रदेशसभाको वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएको प्रत्येक दिनको निमित्त यातायात सुविधाबापत रु ७५० को व्यवस्था गरेको छ।

बन्दाबन्दी अवधिमा सार्वजनिक यातायात नचलेको हुँदा बैठकमा आउँदा-जाँदा भाडाका सवारीसाधन प्रयोग नभएका कारण सार्वजनिक सवारीसाधन चल्ने व्यवस्था नभएसम्म उक्त भत्ता नलिने निर्णय गरिएको संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताए।

कानूनीरुपमा लिन मिले पनि नैतिकरुपमा सुविधा लिन अनुचित हुने संसदीय दलको सर्वसम्मत निर्णयअनुसार यस अवधिमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सदस्यले उक्त भत्ता नलिने उनले जानकारी दिए।

प्रतिक्रिया