२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

संसद अधिवेशन अन्त्यप्रति कांग्रेसको आपत्ति

1132 Shares
Spread the love

काठमाडौं, असार १८ । सरकारले संघीय संसदको बैठक एकाएक अन्त्य गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया हुँदाहुँदै त्यसलाई अवलम्बन नगरी कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि ‘एमसीसी’ हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद् भएको जनाउनुभएको छ ।

अधिवेशन अन्त्यबारे प्रमुख प्रतिपक्ष दलसँग कुनै परामर्शसमेत नगरिएको पनि जनाइएको छ ।

विज्ञप्तिमा सत्तारुढ दलभित्रको विवाद आफ्नो ठाउँमा रहेको तर राजनीतिक दलभित्रको द्वन्द्वको दुस्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद्मात्रै नभइ आपत्तिजनक रहेकोसमेत कांग्रेसले जनाएको छ ।

कोरोनाभाइरसबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित रहेको बेला उच्च गम्भीरताका साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीतिसाथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी रहेका बेला अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीन प्रकट गरेकोसमेत कांग्रेसले जनाएको छ ।

‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिकरुपले प्रश्न राख्दै कांग्रेसले संसद अधिवेशन अन्त्य गरेकामा असहमति प्रकट गरेको छ ।

प्रतिक्रिया