२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सरकारले सलह कीरा धपाउन अँग्रेजी गीत झिकाउँदै, मन्त्री भुसाल भन्छन्– सलह कक्रक्कै हुन्छ

5421 Shares
Spread the love

सिन्धुली । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलह किरा धपाउन अँग्रेजी गीत संकलन भइरहेको जानकारी दिएका छन् । सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संगीतले सलहलाई लठ्याउने भएकाले सोही किसिमको गीत तथा संगीत झिकाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीतले सलह कीरा कक्रक्कै हुने भन्दै उनले सो गीत संकलन भइरहेको जानकारी दिए ।‘मलाई अष्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्, त्यहीअनुसार गीत संकलन गर्न लागिएको छ,’ मन्त्री भुसालले भनेका छन् ।

सलहले नियन्त्रणका विषयमा चाँडै निर्देशिका बनाउने जानकारी दिएका उनले सलह कीरा नियन्त्रणका लागि केन्द्रीय सरकारले सहयोग गर्न सकिने भए पनि तर, अहिलेसम्म स्थानीय सरकारले नै नियन्त्रण गर्न सक्ने खालको अवस्था रहेको बताए ।

प्रतिक्रिया