२०८३, ८ कार्तिक शनिबार
×

रुसमा भारतीय सेनाको परेड

6602 Shares

काठमाडौं । भारतका रक्षामन्त्री रुस भ्रमणमा रहेकै बेला रुसमा रहेका भारतीय सेनाले सैन्य परेड गरेका छन् ।

रुसको सैन्य परेडको ७५ औं बर्षगाँठको अवसरमा मस्कोमा आयोजना गरिएको परेडमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि सहभागिता जनाउनुभएको छ । भारतीय सेनाको ७५ जनाको टुकडीले राजनाथ सिंहलाई सलामी अर्पण गरेको थियोे । रक्षामन्त्री सिंहले मस्कोमा भारतीय सेनाको परेडमा सामिल हुन पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

यसैबीच रुसले भारतलाई केही अत्याधुनिक हतियार दिने सहमति पनि भएको छ । जसमा एंटी मिसाइल सिस्टम पनि सामेल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसले कोरोना महामारी अघि नै भारतलाई लडाकु विमानसहित अत्याधुनिक हातहतियार उपलब्ध गराउने बाचा गरेको थियो ।

लद्दाखमा चीनसंग तनाव बढिरहेको बेला भारतीय रक्षामन्त्री सिंह रुस भ्रमणमा जानु भएको हो । (एजेन्सी)

प्रतिक्रिया