२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नागरिकता विधेयकमा बोले गगन थापा, यसरी मिल्छ विवाद (पूर्णपाठ)

1043 Shares
Spread the love

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता गगन थापाले नागरिकता सम्बन्धी नयाँ कानुन महिला र पुरुषमा समान हुनुपर्ने बताउनुभएको छ ।

बुधबार सामाजिक संजालमार्फत आफ्ना धारणाहरु सार्वजनिक गर्दै उहाँले कानुनमा समानता भए समयावधीले फरक नपार्ने बताउनुभएको हो ।

‘संविधानमा नागरिकताका विषयमा गरिएको व्यवस्थालाई अध्ययन र मनन् गर्नुपर्छ’ उहाँले भन्नुभएको छ–‘विदेशीलाई अंगिकृत नागरिकता दिने विषयमा महिला र पुरुषमा विभेदकारी कानुन बनाइनु मौलिक हक अन्तर्गत समानताको हकको वेवास्ता गर्नु हो ।’

संविधानमा नेपाली पुरुषले विदेशी महिला विवाह गरे उनीले अंगिकृत नागरिकता पाउने छिन भने नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेर जीवनभर नेपालमै बसोबास गरेपनि ति विदेशी पुरुषले अंगिकृत नागरिकता पाउँदैनन् ।

थापाले भन्नुभएको छ ‘विगतमा समानतामा मुद्दामा आफू अगाडि रहेको दावी गर्ने नेकपा नेतृत्व, समानता र स्वतन्त्रतासहितको लोकतन्त्रका लागि लडेको भन्ने कांग्रेस नेतृत्व, अनि समानाता र आत्मसम्मानकै आवाज उठाएको मान्ने जसपाको नेतृत्व, प्रधानमन्त्री देखि प्रमुख प्रतिपक्षी दलका नेतासम्म, नेकपा, नेका, जसपा हामी सबैले एक पटक सोचौं, आफैंले बनाएको संविधानमा लेखेको सारभूत समानतालाई सम्झौं र मनन गरौं ।’

उहाँले नागरिकताका सम्बन्धमा जसरी नक्साको विषयमा एकजुट भएका थियौं, त्यसैगरी यो विषयमा पनि आवेग होइन विवेकका साथ सामूहिक प्रयासबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया