२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

जनतालाई बेसार थेरापी, प्रधानमन्त्रीलाई ५ करोडकाे गाडी : मिनेन्द्र रिजाल

19773 Shares
Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कोरोना महामारीको समयमा प्रधानमन्त्रीका लागि महँगो गाडी खरिद गर्ने सरकारको तयारीको विरोध गरेका छन्।

मंगलबारको प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाल प्रहरीले ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अघि बढाएको भन्दै सरकारको आलोचना गरेका हुन्।

‘प्रधानमन्त्रीको सुरक्षाका लागि फोरजी सुरक्षा सर्भिलेन्ससहितको ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो। असार तीनदेखि यो प्रक्रिया नेपाल प्रहरी अघि बढायो भन्ने सुनिएको छ,’ उनले भने, ‘माननिय गृहमन्त्री यो साँचो हो? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलतो उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाँउ नपाइला भनेर फजुल खर्च गर्ने तयारी हो यो? जवाफ पाउँ।’

यस्तै उनले विगतमा कुटनीतिक संवेदनशिलता र जनताबीचको सौहर्दताको सीमा प्रवाह नगरेकाले भारत र नेपालका दल र नेताहरु आलोचित रहेको स्मरण गर्दै पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच भइरहेको साँठगाठ अपाच्य रहेको बताए। ‘उत्तर छिमेकको सत्तारुढ दलले नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तिक झगडा र सत्तासन्तुलन मिलाउने काम उत्तिकै अपाच्य छ। यसमा सत्तारुढ दलको ध्यान दिओस्,’ उनले भने ।

प्रतिक्रिया