२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

प्रहरी हिरासतभित्रै शंकास्पद मृत्यु घटनाको छानबिन गर्न कांग्रेसको माग

1110 Shares
Spread the love

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले धनुषा सवैला नगरपालिका वडा नम्बर-१२ स्थित इलाका प्रहरी कार्यालयकै हिरासतभित्र एक जनाको शंकास्पद रूपमा मृत्यु भएको घटना छानबिन गर्न माग गरेको छ।

कांग्रेसमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको न्यायिक छानबिन गर्न माग गरेका हुन्।

‘धनुषा सवैला नगरपालिका-१२ रघुनाथपुर वर्कुवा निवासी शम्भु (मुसहर) को सवैला इलाका प्रहरी कार्यालयकै हिरासतमा जेठ २८ गते शंकास्पद रूपमा मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ पौडेलले भनेका छन्, ‘घटनाको न्यायिक छानबिन गरी सत्यतथ्यका आधारमा दोषीलाई कारबाही गर्नुका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग कांग्रेस माग गर्दछ।’

यस्तै, भारतबाट फर्केका धनुषा शहीद नगरपालिका वडा नम्बर ८ गोठकोइलपुरका वीरेन्द्र यादव लकडाउनका बेला नेपालको सीमाना नगराइन नगरपालिका जटही टोल सीमा प्रवेश गर्दै गर्दा धैरै दिनको भोकका कारण मृत्यु भएको पाइएको कांग्रेसले बताएको छ।

‘लकडाउनको अवस्थामा सीमानामा सरकारले बस्ने, खाने र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था नगरेका कारण अनाहकमा नागरिकले मृत्युवरणसमेत गर्नुपर्ने जटिल परिस्थिति सिर्जना भएको घटनाप्रति कांग्रेसको ध्यानाकर्षण भएको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग कांग्रेस माग गर्दछ।’

प्रतिक्रिया