काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिनुपर्ने धारणा व्यक्ति गरेका छन् । संसद्को राज्य व्यवस्था समितिले नागरिकता विषयमा छलफल गर्दै विदेशी छोरी विवाह गरेर आएमा सात वर्षपछि नागरिकता दिने मोटामोटी सहमति जनाएको छ । संसदीय समितिको सहमतिप्रति समर्थन जनाउँदै थापाले उनीहरूलाई त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी नागरिकतासरहको अनुमतिपत्र दिनुपर्ने सुझाव पनि दिएका छन् ।
अध्यक्ष थापाले बुधबार ट्विटमार्फत नागरिकतासम्बन्धी धारणा व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘नेपालको भूराजनीतिक अवस्था र सामाजिकर सांस्कृतिक परिवेशलाई दृष्टिगतगर्दै नागरिकताको बिषयमा संवेदनशील हुनैपर्छ।वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार प्रयोगग र्न पाउने गरी नागरिकतासरहको अनुमतिपत्र दिनु उपयुक्त हुनेछ ।’
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको भन्दा भारतको हितमा संसदमा अभिव्यक्ति दिन थालेपछि र गतिविधि सञ्चालन गरेपछि सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्षमा सबै पुगेका हुन् । सरिता भारतीय चेली हुन् । उनी नेपालीसँग बिहे गरेर आएकी हुन् ।