2420
Shares
काठमाडौं, असार २ । भारत र चीनका सेनाबीच सीमामा झडप भएको छ । लद्धाखको गलवान उपत्यकामा भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना सैन्य अधिकारी पनि छन् ।
चिनियाँ सेनालाई सीमाबाट पछाडि हटाउने क्रममा सोमबार राति झडप भएको भारतीय सेनाले जनाएको छ । भारतीय सैन्य मुख्यालयले चिनियाँ सेनातर्फ पनि क्षति भएको दाबी गरेको छ ।
तर चीनका तर्फबाट यस विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन ।घटनास्थलमा दुवै मुलुकका वरिष्ठ सैन्य अधिकारीबीच वार्ता भैरहेको भारतीय सेनाले जनाएको छ ।
गलवान उपत्यका लद्धाख सीमा रेखामा रहेको क्षेत्र हो । पछिल्लो समय यस क्षेत्रमा दुई मुलुकका सेनाबीच तनाबको स्थिति छ । (एजेन्सी)