२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सरकारविरुद्ध नेविसंघ सडकमा

1025 Shares
Spread the love

काठमाडौं, असार १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध सडकमा उत्रिएको छ ।

सोमबार काठमाडौंको नयाँबानेश्वरमा कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असक्षम भएको आरोप लगाउँदै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले कोरोना रोकथाम र नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो ? भन्दै प्रश्न गर्दै शतप्रतिशत ‘पीसीआर’ परीक्षणको माग गरेका थिए ।

सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारकै कार्यशैलीका कारण सर्वसाधारणले दुःख पाएको भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

नेविसंघकी महामन्त्री उर्मिला थपलियाले ‘क्वारेन्टिन’ व्यवस्थापनमा सरकार चुक्दा जनताले ज्यान गुमाउनुपरेको र क्वारेन्टिनमै महिला बलात्कारको सिकार हुन थालेपछि सडकमा उत्रन बाध्य भएको बताइन् । संगठनले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया