२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

देउवाको सम्बोधनमा ओलीको ताली

1402 Shares
Spread the love

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा आफ्ना कुरा राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले टेवल बजाएर स्वागत गरेका छन् ।

नेपालको संविधान दोस्रो संशोधनका विषयमा पार्टीले सहयोग गर्ने निर्णय लिएर र शनिबार नै संविधान संशोधनको विषयमा पक्षमा मतदान गर्न आग्रह गरिएको विषय राखेपछि प्रधानमन्त्रीले टेवल पिटेर स्वागत गरेका हुन् ।

सामान्य सरकारले राखेका विचार तथा कार्यमा प्रतिपक्षले सपोर्ट नगर्ने र प्रतिपक्ष नेता बोल्दा सत्ता पक्षले सपोर्ट नगर्ने दृश्य देखिँदै आएकोमा नेपालको नक्सा सम्बन्धित यो विषयमा सबै एकमत देखिएका हुन् ।

देउवाले सुगौली सन्धि, अंग्रेजले छापेको नक्सा र चिनियासँग भएको नक्सामा पनि कालपानी नेपालकै भएको देखिएकोले नेपालको भूभाग हो भन्ने स्पष्ट भएको बताए । उनले संविधान संशोधन छिटो पारित होस् भन्ने चाहेको समेत बताए ।

प्रतिक्रिया