लण्डन । विश्वभर कोरोनाभाइरसको कहर बढिरहेको समयमा संसारभरका मानिस लकडाउनको अववस्थामा रहेका छन् । उनीहरुले लकडाउनको पालना गर्दै सामाजिक तथा भौतिक दूरी कायम राखेका छन् । विश्वमा कोरोना प्रभावित मुलुक मध्ये बेलायत पाँचौ स्थानमा रहेको छ। त्यसैक्रममा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले पनि यसपटक इतिहास रचेकी छिन्। कोरोनाको प्रभावले गर्दा महारानी एलिजाबेथ द्वितीयाले भिडियो कलमा सहभागी भएर इतिहास बनाएकी हुन्। कोरोना भाइरसका कारण बेलायतमा अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
यसैबीच महारानीले कोरोना भाइरसका बिरामीहरुलाई निर्मूलपार्न खटिएका स्वास्थ्यकर्मीहरूसँग भिडियो कल मार्फत कुरा गरेर इतिहास रचेकी हुन् । यसभन्दा अघि रानीले कहिलेपनि यसरी आफ्ना जनतासँग भिडियोमा कुरा गरेकी थिइनन्। तीन महिनाको लकडाउनपछि महारानी यसरी पहिलोपल्ट जनतासामू भिडियोमार्फत कुरा गरेकी हुन्। २० मिनेटको उक्त कुराकानीमा उनले सबै स्वास्थकर्मीहरुलाई बधाई तथा धन्यवाद दिएकी छिन् ।
