1149
Shares
काठमाडौँ । दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवाललाई कोरोना टेस्ट गराईने भएको छ । समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार ज्वरो र घाँटी दुख्ने गुनासो पछि मुख्यमन्त्री केजरीवालले कोरोना टेस्ट गराउने निर्णय गरिएको हो ।
उनि अहिले घरमा एकान्तवास बसिरहेका छन् । उनले मंगलबार दिउँसोका सबै अनुसूचित बैठकहरू रद्द गरिसकेका छन ।
दिल्ली सरकारबाट मुख्यमन्त्रीको स्वास्थ्यको बारेमा कुनै आधिकारिक विज्ञप्ति जारी गरिएको छैन ।