२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कर्णाली प्रदेशका विपक्ष दलका नेता शाहीले फिर्ता गरे सुविधाबापतको स्कोर्पियो गाडी

1000 Shares
Spread the love

काठमाडौं । कर्णाली प्रदेशका सभामुखले दुई करोडको गाडी खरिद गर्न नियमावली नै परिवर्तन गर्न खोजिरहेका बेला विपक्ष दलका नेता जीवनबहादुर शाहीले भने सुविधाबापतको गाडी फिर्ता गरेका छन् । सभामुखले ७० लाखको गाडी सुविधाजनक नभएको भन्दै दुई करोड मूल्यको टोयोटा हाइल्यान्डर गाडी खरिद गर्न खोजेका छन् ।

पूर्व पर्यटनमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य शाहीले कर्णाली प्रदेशको आर्थिक स्थिति र मितव्ययितालाई ध्यान दिँदै विपक्षी दलको नेताको हैसियतले पाएको स्कोर्पियो गाडी फिर्ताको निर्णय गरेका हुन् ।

शाहीलाई कर्णाली प्रदेश सभा सचिवालयले सुविधाबापतको गाडी उपलब्ध गराइरहेको छ । उनले प्रदेशमा व्यापक आर्थिक अनियमितता भएको भन्दै प्रदेश सभा बैठकमा धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया