२०८३, ८ कार्तिक शनिबार
×

साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा मात्रै ३० लाख युरो खर्च गरिदै

764 Shares

तस्विरमा : पत्रकार गणेश पाण्डे र लिस्बनका मेयर श्री फर्नांडो मेदिना


लिस्बन। पोर्चुगल सरकारले लिस्बन महानगरपालिकासंग सहकार्य गर्दै लिस्बनलाई साइकलमैत्री शहरको रुपमा निर्माण गर्दैछ। सरकारले लिस्बनमा साइकल किन्न चाहनेहरुका लागि ३० लाख युरोको कोषको निर्माण गरेको छ ।

वातावरणमैत्री परियोजनाका लागि यो रकम अहिलेसम्मकै सबैभन्दा ठुलो रकम हो। साइकल किन्न चाहनेहरुले सरकारले तोकेको पसलबाट मात्रै किन्न सक्नेछन् । लिस्बन महानगरपालिकाले ल्याएको यो प्रोजेक्टमा शहरभित्र अझै बढी साइकललेनको निर्माण पनि गरिनेछ र साइकल पार्किङ गर्ने स्थानहरु र क्षमता पनि बढाईनेछ।

कार कल्चरलाई निरुत्साहित गर्दै साइकल कल्चरलाई प्रोत्साहन र वातावरणमैत्री गतिशिलतालाई थप सहयोग गर्न महानगरपालिकाले यो प्रोजेक्ट ल्याएको हो। ” मोबिलिटी फण्ड ” नाम दिईएको यो प्रोजेक्टमा १.५ मिलियन युरो सामान्य साइकल खरिद गर्न खर्च गरिनेछ भने बाँकी १. ५ मिलियन युरो इलेक्ट्रिक र कार्गो साइकल खरिद गर्न खर्च गरिनेछ। ” मोबिलिटी फण्ड “मा खर्च गरिने यो रकम पोर्चुगलको वातावरण मन्त्रालयले कम उत्सर्जन सवारी साधनहरुलाई बढावा दिन गरिएको खर्चको १० गुणाले बढी हो।

परम्परागत साइकल खरिदमा प्रतिव्यक्ति १०० युरो प्रदान गरिने र यो सुबिधा बिद्यार्थीहरुका लागि मात्रै दिईने मोबिलिटी प्रोजेक्टका काउन्सिलर मिगेल गास्परले बताएका छन्। यो प्रोजेक्टमा १५ हजार साइकल खरिदमा सहयोग गर्न सकिनेछ। इलेक्ट्रिक साइकल महँगो हुने भएकोले प्रतिव्यक्ति साइकलको आधा मुल्य वा बढीमा ३५० युरो प्रदान गरिनेछ ।

यो प्रोजेक्टमा स्थानीय बासिन्दा र कामदारहरु लाभ लिन सक्नेछन् । महानगरपालिकाले मोबिलिटी प्रोजेक्टका लागि लामो समयदेखि शहरमा साइकल व्यवसाय गर्दै आईरहेका व्यवसायीहरुसंग साझेदारी गर्ने भएको छ, जसले उनीहरुको व्यवसायमा समेत टेवा पुग्ने बिश्वास गरिएको छ। महानगरपालिकाले मोबिलिटी प्रोजेक्टलाई थप दिगो बनाउन तिन हजार साइकल स्ट्याण्डको निर्माण गरिने बताएको छ। यस्ता साइकल स्ट्याण्डहरु अब सार्वजनिक स्थल, सार्वजनिक सडकका साथै अण्डर ग्राउण्ड कार पार्कहरुमा समेत निर्माण गरिने लिस्बन महानगरपालिकले जनाएको छ ।

प्रतिक्रिया