२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

सगुनको शेयर विक्री खुल्ला, दोश्रो चरणको मिनी आइपीओ शुरु

1969 Shares
Spread the love

लण्डन । अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन १ जुन, २०२० देखि दोस्रो चरणको सेयर निस्कासन गरेको छ । सगुनले आज जारी गरेको प्रेस विज्ञप्तीका अनुसार यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने छ । सगुन (Sagoon) को सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय अमेरिकी डलरको) खरिद गर्न सक्नेछन्। कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो।

विज्ञप्तीका अनुसार, यस चरणको मिनी आइपीओ मार्फत शेयर निस्कासन गर्नका लागि सगुनले पेश गरेको विवरणपत्रका आधारमा The US Securities and Exchange Commission (SEC) (https://www.sec.gov/)  ले सगुनलाई मिनी आइपीओ मार्फत सर्वसाधारणका लागि शेयर निष्कासन गर्न योग्य ठहर गरी अनुमति प्रदान गरेको थियो । सोही आधारमा दोश्रो चरणमा शेयर निस्कासन गरेको छ ।

सगुन (Sagoon) ले सन् २०१७ मा यसको पहिलो रेज ए प्लस  अन्तर्गत  मिनी आइपिओ मार्फत प्रतिकित्ता २३ डलरका दरले शेयर निस्कासन गरेको थियो । त्यतिखेर सगुनमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।

सामाजिक सञ्जालको भीडमा नयाँ सोच र योजनाको सपना बोकेर सन् २०१४ बाट सगुन सञ्चालनमा आएको थियो । सामाजिक सञ्जाल र इकमर्शको प्लेटफर्मका रुपमा सगुनलाई उभ्याई यसका प्रयोगकर्ताहरुलाई समेत आफ्नो आम्दानीको हिस्सा बाड्ने नयाँ अवधारणा सगुनले बोकिरहेको छ । विगत केही समय देखि परिक्षणका रुपमा सगुनले यो अवधारणालाई प्रयोगमा ल्याइरहेको छ ।

पहिलो चरणको मिनी आइपीओ मार्फत विश्वभरिका सर्वसाधारणहरुबाट प्राप्त आर्थिक लगानी र हौसला पश्चात सगुनले निकै फडको मारेको छ । विशेषगरी आफ्नो प्रोडक्टमा ध्यान केन्द्रित गरेको सगुनले हाल ‘सगुन लाइट’ एप बजारमा ल्याइसकेको छ । साथमा सगुनले भन्दै आएको ड्रिम प्रोडक्ट ‘सोसियल स्मार्ट कार्ड’को बेटा भर्सन समेत शुरु गरिसकेको छ ।

प्रतिक्रिया