२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

रुकुम नरसंहारले सबैको अनुहारमा कालो पोतियो: गगन थापा

1148 Shares
Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिममा मारिएकाहरुको छानबीनका लागि संसदीय समित गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानबीन गर्न सर्वदलीय संसदीय समिति बनाउन माग गरेका हुन् ।

दलितका हक अधिकार र कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले अनुहारमा कालो पोतिएको भन्दै थापाले भने, ‘दलितका हक लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ ।’

उक्त घटनामा राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै उनले थपे, ‘यस्तो अमानवीय र क्रूर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारण देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ ।’

उक्त घटनामा अन्तर्जातीय प्रेममा रहेका नवराज विक आफ्नी प्रेमिका लिन जाजरकोट जाँदा उनी र उनका पाँच जना साथि मारिएका छन् भने एक जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया