२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेपालविरुद्ध आक्रमक नहुन मोदीको निर्देशन : आफ्नो फाइदाको लागी नेपाललाई प्रयोग गर्ने रणनीति

1382 Shares
Spread the love

काठमाडौं । नेपाल–भारतबीचको सम्बन्धमा चिसोपन आएको छ । वार्तामा बस्न इन्कार गर्ने भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले नेपालको भूमिमा बाटो बनाएर उद्घाटन नै गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको हो ।

भारतले नेपालको अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्नेदेखि सो क्षेत्रमा बाटोसमेत बनाएर उद्घाटन गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना बढेको हो । वार्तामा बस्न भारतले आनकानी गर्न थालेपछि नेपालले पनि आफ्नो नक्सा अद्यावधिक गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भारतको व्यहावबारे टिप्पणी गरेपछि नेपाल भारत सीमा विवाद राजनीतिक, प्रशासनिक तहमा भन्दा पनि भारतीय मिडियामा हो–हल्ला बढी भयो ।

नेपालबारे जथाभावी प्रचार गर्ने भारतीय सञ्चार माध्यमको रवैयालाई मोदी सरकारले नियन्त्रण गर्नुपरेको छ । नेपालसँगको सम्बन्धमा दरार आउने र जथाभावी नेपालबारे समाचार सम्प्रेषण नगर्न भारतीय प्रधानमन्त्री मोदीले आफ्ना सञ्चार माध्यमहरुलाई निर्देशन दिएका छन् ।  भारतीय जनत पार्टीका नेतासमेत रहेका मोदीले नेपालविरुद्ध आक्रमक रुपमा प्रस्तुत नहुन सञ्चार माध्यमलाई निर्देशन दिएका छन् ।

साथै भाजपाका नेता सांसद सुब्रमण्यम स्वामीले नेपालसँगको सम्बन्ध सुधार्न मोदी सरकारलाई सुझावसमेत दिएका छन् । प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयका कूटनीतिज्ञलाई नेपाली समकक्षीसँग सभ्य, शिष्ट भाषामा छलफल गर्न निर्देशन दिनुपर्ने नेता स्वामीको सुझाव छ ।

नेपाल रगतको नातासमेत भएको मुलुक रहेको भन्दै उनले  नेपाली जनता अलग–थलग महसुस गरेमा भारतले गरेर नेपालीको भावनाको कदर गर्दै शान्त पार्नुपर्ने मोदी सरकारलाई सुझाव दिएका छन् ।

आफ्नो गल्ती स्वीकार नगर्ने बरु कहिले चीन, कहिले पाकिस्तानलाई आरोप लगाउँदै नेपाललाई फकाएर आफू अनुकूल प्रयोग गर्ने रणनीतिमा भारतीय सत्ता रहेको पछिल्ला घटनाक्रमले देखाएका छन् ।

प्रतिक्रिया