फोटो । अलेक्ज्याण्डर भ्यान डेर बालेन ( संघीय राष्ट्रपति )
भियना । गत हप्ता अष्ट्रीयका राष्ट्रपतिलाइ रातको १२ बजेर १८ मिनेट जादा अष्ट्रीयन प्रहरीलेले सिटी सेन्टरको एक रेस्टुरेण्टको गार्डेनमा फेला पारेको थियो , सोहि कारणलाइ लिएर राष्ट्रपति आलेक्सान्द्रा भान देर बालेनले सामाजीक संजाल मार्फत माफी मागिसकेका थिए, साथै उनले स्पस्ट पारिसकेका थिएकी; सरकारले निर्धारण गरेको समयलाइ अबज्ञा गर्ने मेरो कुनै मनसाय थिएन । तर पनि उक्त सार्बजनिक माफीले बनेको कानुनलाइ कुनै असर गरेन ।
राष्ट्रप्रमुखको बिषयमा कानुनमा अलिक प्रस्टता नभएको कारण राष्ट्रपति भान देर बालेन सोहि स्विकारोक्ति संगै सफाई पाउन सक्ने देखिए पनि अष्ट्रीयन एन कानुनले राजा अनि रैतीलाइ एकै नजरले हेर्ने कारण राष्ट्रपति पत्नी तथा अष्ट्रीयन प्रथम महिला डोरिस सामिदाओर साथै राष्ट्रपति संगै रेस्टुरेन्टमा बसेका उनका मित्रहरु माथि हरेक व्यक्तिले छुट्टाछुट्टै ३६ सय युरो ( चार लाख सत्तरी हजार नेपाली रुपैया बराबर ) सम्म जरिमाना भर्नु पर्ने भएको छ ।
यो जरिवानालाइ कसैको भनसुन या प्रथम महिला भएकै आधारमा छुट हुने छैन र प्रथम महिला साथै राष्ट्रपतिका साथीहरुले पनि तिर्नुपर्ने छ। येदि जरिमाना निर्धारित तोकिएको मितिभित्र तिरिएन भने जेलमा राखेर जरिमानाको भरिभराउ गर्नुपर्ने अष्ट्रीयन कानुनमा छ। राष्ट्रपति बसेको रेस्टुरेन्ट लाइ के हुन्छ ? अष्ट्रीया सरकारले लक् डाउनलाइ खुकुलो बनाउदै लैजाने क्रममा बिभिन्न ब्यबसाय साथै रेस्टुरेन्ट ब्यबसायहरु पनि रातको एघार बजे सम्म मात्र खोल्न पाइने प्राबधान लागु गरेको थियो ।
सायद स्टेट हेड देखेर नै हुन सक्छ सो रेस्टुरेन्टका कर्मचारीले पनि समय सिमाका बारेमा त्यति चासो नदेखाएका हुन सक्छन, तर पनि कोरोना कानुन अनुसार रेस्टुरेन्टले तिस हजार युरो ( करिब चालिस लाख नेपाली रुपया ) सम्म जरिमाना तिर्नुपर्ने भएको छ , भलै राष्ट्रपतिले रेस्टुरेन्टले तिर्नुपर्ने जरिवानामा आफु पनि सहभागी हुने भनेर सार्बजनिक भनिसकेका छन् , तर साधारण कानुन बर्खिलाप गरेको मा येतिका जरिमाना तिर्नुपर्ला भन्ने सायद राष्ट्रपतिले पनि विचार गरेका थिएनन् कि भन्ने प्रश्न उब्जेको देखिन्छ , भलै कस्तो अवस्था मा बस्नु परेको साथै कानुन उल्लघन गर्ने मनसाय भनेको नभएको बिषय अदालत ले हेरेर निर्यण गर्ने छ ।
कोरोना संकटका कारण ब्यबसाहीमा ठुलो नोक्सान भैरहेकै समयमा राष्ट्रप्रमुख मात्र एक घण्टा अठार मिनेट बढी बसेको आधारमा रेस्टुरेन्टका मालिकले एक ठुलो बज्रपात लाइ व्यहोर्नु पर्ने देखिएको छ। स्मरण रहोस केहि वर्ष पहिला अष्ट्रीयाका कुनै मन्त्रिले रातो ट्राफिक लाइट बत्तिमा एक ट्राफिक प्रहरीको आग्रह नमानि बाटो काटेकै कारण उनको राजनीतिक जीबन नै समाप्त भएको थियो।