२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कांग्रेसले भन्यो बजेट सरकार र नेकपाको असफलताको दस्तावेज

1304 Shares
Spread the love

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको सरकारको आगामी आर्थिक वर्षको बजेटलाई सरकार र नेपाल कम्युनिष्ट पार्टीको असफलताको दस्तावेज भएको टिप्पणी गरेको छ ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिँदै झण्डै दुई तिहाईको बलशाली सरकारले यस्तो कठिनाईका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नु पर्दथ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो, त्यो नसकेको बताए ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिएपनि विश्वासको आधार नभएको उनले बताए । अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजश्वको लक्ष्य भेट्न कठिन हुने पपनि उनले बताए ।

संशोधित १२१ अर्बबाट ३ सय अर्ब वैदेशिक ऋण उठाउने कुरा सम्भव नभएको टिप्पणी गर्दै डा. रिजालले लक्ष्य अनुसार आन्तरिक ऋण उठाइएमा उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने बताए ।

प्रतिक्रिया