२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सरकारका मन्त्री, मुख्यमन्त्रीलाई कांग्रेसको सहायक प्रवक्ता नियुक्त गरिएको छैन : विश्वप्रकाश शर्मा

1710 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसले सरकारका केही मन्त्री वा मुख्यमन्त्रीलाई कांग्रेसको धारणा व्यक्त गर्ने सहायक प्रवक्ता नियुक्त नगरेको बताएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्वीट गर्दै सरकारका मन्त्री, मुख्यमन्त्रीलाई प्रवक्ता नतोकेको र भारतीय मिडियालाई मुखपत्रको दायित्व पनि नदिएको उनले उल्लेख गरेका छन्।

‘कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न `सहायक प्रवक्ता´ नियुक्त गरिएको छैन,’ शर्माले भनेका छन्, ‘न भारतीय मिडियालाई `मुखपत्र´ को दायित्व दिइएको छl’

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसको आग्रहमा बुधबार संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको बताएपछि शर्माले उनलाई लक्षित गर्दै जवाफ दिएका हुन्।

उनले कांग्रेसको धारणा प्रवक्ताबाट बुझ्नुपर्ने पनि बताएका छन्। उनले संविधान संशोधनको विषयमा छलफल गर्न शनिबार केन्द्रीय समिति बैठक डाकिएको पनि बताएका छन्।

प्रतिक्रिया