967
Shares
काठमाडौँ । संविधान संसोधनका विषयमा छलफल गर्न प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक बस्ने भएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कमिटि बैठक डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णराज पौडेलले बताए ।
पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।
यसअघि प्रतिनिधिसभाको बुधबारकाे बैठकमा संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएको थियो ।