1850
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको बताएका छन् ।
नेपाल सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावका विषयमा नेपाली कांग्रेसले गर्दा कार्यसूचीमा नअटाएको भन्ने टिप्पणी हुन थालेपछि सभापति देउवाले कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्नसमेत आग्रह गरेका छन् ।
उनले ट्विटमार्फत भनेका छन्, “हामी प्रष्ट छौं, लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् । अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं ।”
यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडलेसमेत विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा प्रष्ट पारेका थिए ।