२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटेपछि कांग्रेस आक्रोशित

2289 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधनसम्बन्धि प्रस्ताव हटाइएको विषयमा ध्यान गम्भीरतापूर्वक आकर्षित भएको जनाएका छन् ।

प्रमुख सचेतक खाँणले बुधबार विज्ञप्ति जारी गरेर कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाउनु गम्भीर विषय भएको जनाएका हुन् । संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटाउने कार्यमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई आरोप लगाइएकोमा खाँण आपत्ति जनाएका छन् ।

‘जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धि प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘जेठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवथा परामर्श समितिको बैठके जेठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो’, उनले भने, ‘जेठ १४ गतेका लागि बैठक अथवा कार्यसूची निर्धारित थिएन ।’

‘संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरू एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यसबारे आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘नेपाली कांग्रेस संसदीय दल यस्तो प्रवृत्तिको निन्दा गर्दै गम्भीर राष्ट्रिय एकताको भावना साथ कार्य गर्न सरकारलाई अपील र आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्ति

प्रतिक्रिया