२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कांग्रेसले समय माग गरेपछि संविधान संशोधन प्रस्ताव रोकियो

1126 Shares
Spread the love

काठमाडौं। सरकारले शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफूहरु संधिवान संशोधनको पक्षमा रहेपनि यो विषय केन्द्रीय समितिबाट अनुमोदन गराउनु पर्ने बताएपछि तत्काल संविधान संशोधन प्रस्ताव अद्धि नबढ्ने भएको हो।

सरकारले गत बुधबार भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिवर्तन गर्न भन्दै गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो।

सरकारले नयाँ नक्सा जारी गरेपछि निसान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो। सविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन नगरेको अवस्थामा दुई तिहाइ बहुमत नपुग्न सक्छ। यही विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा कांग्रेसले आफूहरु संविधान संशोधनको पक्षमा रहेको तर यो विषय केन्द्रीय समितिबाट अनुमोदन गर्न समय माग गरेको थियो।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केही दिनका लागि समय माग गरेका कारण बुधबार संसदमा संविधान सशोधन प्रस्ताव पेश हुन नसक्ने बताए।

‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समय माग गरेका कारण आज संविधान संशोधन प्रस्ताव संसदमा पेश नहुने भयो,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘उहाँहरुले चाँडै निर्णय गर्नुहुन्छ भन्ने अपेक्षा दिएका छौं।’ उनले यो विषय लम्ब्याउन नहुने भन्दै कांग्रेसले एक दुई दिनमा निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया