२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो : विश्वप्रकाश शर्मा

3091 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कोरोना महामारीका बेला सरकारले कात्रोमा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै उनले महामारीका बेला सरकारले भ्रष्टाचार र सत्ताको खेलमा लागेको आरोप लगाए ।

शर्माले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित नगरेको स्वास्थ्य सामाग्री ल्याएर जनाताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले भने, ‘कात्रोमा पनि भ्रष्टाचार ? स्वास्थ्य सामग्री समयमा आएन त्याहाँ गल्ति त भयोभयो, पारदर्शि ‘टेण्डर’ भएन त्याहाँ गल्ति त भयोभयो, कमसल खालको चिज ल्याएर आउने ? परीक्षणको किट पनि डब्लुएचओले ‘सर्टिफाइ’ नगरेको ल्याएर नागरिको जीवनमा माथि खेलवाड गर्ने? यतिले पुगेन मूल्य भन्दा बढीको रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गर्ने।’

‘नेपालमा आमा मर्दा ६ दिनसम्म अर्काको भूमिमा सेतो कपडा ओडेर बस्नु पर्ने नेपालीको वाध्यता यस भन्दा पहिला आएन।’ शर्माले भने, ‘यो भन्दा अमानवीय दृष्य के हुनसक्छ।’

प्रतिक्रिया